आइतबार, ०३ साउन २०८३

कैलालीमा रुख काट्ने क्रममा एक जनाको मृत्यु

कैलाली , जेठ ३२ गते । कैलालीमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ९ मनिका सामुदायिक वन मुर्कटीमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको हो। रुख काट्ने क्रममा वडा नम्वर ११ बस्ने ३० बर्षका श्रवण रानाको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको शव सेती अञ्चल अस्पतालमा पोष्टमार्टका लागि राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस