शनिबार, २३ फागुन २०८२

क्वारेन्टिनमा करेन्ट लागेर महिलाको मृत्यु, राधा ओडको परिवारलाई कृष्णपुर नगरपालिकाले १० लाख दिने

कञ्चनपुर, साउन ३० ।

कृष्णपुर नगरपालिकाले क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी महिलाको परिवारलाई सहयोग गर्ने भएको छ । मंगलबार कृष्णपुर ६ स्थित महाकाली माविको क्वारेन्टिनमा करेन्ट लागेर २३ वर्षिया राधादेबी ओडका परिवारलाई १० लाख सहयोग दिने भएको हो ।

नगरपालिका कार्यालयमा बिहीबार पीडित परिवार सहितको छलफलमा ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने, ओडका श्रीमानलाई उनको योग्यताका आधारमा कार्यालयमा जागिर दिने सहमति गरेको कृष्णपुरका मेयर कर्णबहादुर हमालले जानकारी दिएका छन् ।

https://sudurnews.comlocal/7332

यसैगरी ओड परिवारलाई थप राहतका लागि प्रदेश र संघ सरकारसित पहल गर्ने तथा क्वारेन्टिन व्यवस्थापनको कमजोरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस