शनिबार, २३ फागुन २०८२

चट्याङबाट बाख्रा चराउन गएकी १३ बर्षीय बालिकाको मृत्यु, १४ बर्षीय बालिका घाइते

कैलाली, ३० साउन।

बिहीबार चट्याङ लागेर १३ वर्षिया अन्जु शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

https://sudurnews.comlocal/2921

दिउँसो जंगलमा बाख्रा चराउन गएका बेला उनलाई चट्याङ लागेको र चट्याङबाटै सोही ठाउँकी १४ वर्षिया भावना शर्मा घाइते भएको स्थानीय श्यामलाल चौधरीले बताए ।

घाइते भावनाको अहिले लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भइरहेकोे छ । मृतक अन्जुको शव भने पोस्टमार्टमको लागि टीकापुर अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस