शनिबार, २३ फागुन २०८२

नेपालमा पशु चौपायाको संख्या घट्यो

भदौ २१, २०८० काठमाडौं ।

नेपालमा पशु चौपाया र किसानको संख्या घटेको छ । ‘सातौँ राष्ट्रिय कृषिगणना २०७८’ का अनुसार गाईगोरु र राँगाभैसीको संख्यासँगै पालकको संख्या पनि घटेको हो ।

पछिल्लो दशकमा नेपालमा १७ लाख आठ हजार कृषकले ४५ लाख ५९ हजार गाईगोरु पालेका छन् । छैटौँ गणना २०६८ मा २२ लाख ८१ हजार कृषकले ६४ लाख ३० हजार गाईगोरु पालेका थिए ।

यस्तै, राँगा र भैँसीको संख्यासँगै पालकको पनि संख्या घटेको छ । २०७८ को तथ्यांकअनुसार १४ लाख १७ कृषकले २९ लाख २३ हजार राँगाभैँसी पालेका छन् ।

यसअघि २०६८ को गणनामा १६ लाख ६९ हजार कृषक परिवारले ३१ लाख ७४ हजार राँगाभैँसी पालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस