शनिबार, २३ फागुन २०८२

सुन तस्करीमा सहभागी बाराका शिव कुमार सराफ पक्राउ

काठमाडौं।

६०।७१६ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। प्रहरीले बारा जिल्लाका शिवकुमार सराफलाई पक्राउ गरेको हो ।

सराफलाई शुक्रबार बाराबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरिक्षक कुबेर कडायतले जानकारी दिए।

सुन काण्डमा सराफको भुमिका के थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सराफलाई म्याद थपका लागि शुक्रबार नै अदालत उपस्थित गराउने तयारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस