शनिबार, २३ फागुन २०८२

‘हेर्ने कथा’ - हराएका प्रकाशलाई घरमै पुगेर नागरिकता प्रदान

भोजपुर ।

युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’का पात्र प्रकाश तामाङलाई उनकै घरमा पुगेर सरकारी टोलीले आइतबार नागरिकता प्रदान गरेको छ ।

लगभग ३३ वर्ष हराएका ४३ वर्षीय प्रकाश तामाङ (काले तामाङ) को भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १० साङपाङको छाप्लेगाउँ स्थित घरमै पुगेर टोलीले आवश्यक प्रक्रिया पुरा गरी नागरिकता प्रदान गरेको हो ।

षडानन्द नगरपालिका मेयर सुरेन्द्र कुमार उदास, वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख बिनोद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईं सहितको टोलीले प्रकाशलाई नागरिकता प्रदान गरेको थियो ।

यदि सहि तरिका ले प्रयोग र पेश गरिएमा आजको इन्टरनेट को जमाना मा टेलिभिजन वा YouTube को महत्व र प्रभाव यो समाचार हो। हेर्ने कथा को यो एपिसोड़ हेर्नुहोस।

https://www.youtube.com/watch?v=BifR9XplYQM

परिवारसँग लामो समय छुटिएका प्रकाश शनिवार काठमाण्डौबाट हवाई उडानमा सङ्खुवासभाको तुम्लिङटार विमानस्थल हुँदै भोजपुरमा रहेको आफ्नो घरमा आएका थिए । नागरिकता प्रदान गर्दे मेयर उदासले नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि प्रकाश र परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । सो क्रममा प्रकाशले अवका दिनमा गाउँमै रहेर खेती किसानी गर्ने मनसाय राख्नु भएको थियो । - रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस