शनिबार, २३ फागुन २०८२

नवलपरासीमा मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

नवलपरासी, भदौ २४।

पश्चिम् नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सुनवल नगरपालिका १२ र रामग्राम नगरपालिका वडा नम्बर ११को सिमानामा गएराती करिब ११ बजेको समयमा मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको नालिको पानीमा पल्टिँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सुनवल ९ स्वाठी बस्ने बर्ष २६ को रामनाथ कँवर रहेको प्रहरीले जनाएको छ ।

शरीरका विभिन्न भागमा चोट लागि गम्भीर अवस्थामा रहेका उनलाई जिल्ला अस्पताल परासी पठाईएकोमा गएराती ११:५० बजे नै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस