41.4 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

नेपाल ओमानसँग ६ विकेटले पराजित

काठमाडौं,२७,माघ –

विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ।

नेपालले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य ओमानले ३५ दशमलव एक ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो।

ओमानका लागि अक्युब इयासले ४६ रन जोड्दै जितको आधार खडा गरेका थिए। ५३ बलको सामना गरेका उनले ५ चौका प्रहार गरेका थिए। यस्तै बैभव वाटगयनकर ३७ तथा सुल्तान अहमद १६ रनमा नटआउट रहे।

पहिलो खेलमा बिहीबार नामिबियासँग उत्कृष्ट प्रदर्शन गरेका नेपाली बलरहरुको प्रदर्शन शुक्रबार भने औषत रह्यो। बलिङ तर्फ सन्दीप लामिछानले २ विकेट लिए। १० ओभर बलिङ गरेका उनले २९ रन खर्चिएका थिए। यस्तै सोमपाल कामी र बसन्त रेग्मीले समान १–१ विकेट लिए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles