28.5 C
Mahendranagar
Tuesday, April 30, 2024
spot_img

टी–२० क्रिकेट खेलेर फर्किए सन्दीप

काठमाडौ, असार ३० गते ।

क्यानेडीयन लिग ग्लोबल टी–२० क्रिकेट लिग खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् ।
ग्लोबल टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप शनिबार बिहान ८ः५० मा जेट एयरवेजबाट नेपाल आईपुगेका हुन् ।
मोन्ट्रेल टाइगर्सबाट खेलेका सन्दीपले पाँच खेलमा ८ विकेट लिएका थिए ।
तर, सन्दीपको टोली प्ले अफमा पुग्न सकेन ।

सन्दीपको टोलीले ६ खेलमा मात्र २ जित निकालेको थियो ।

सन्दीपले पहिलो खेल गुमाएका थिए भने पछिल्ला पाँच खेल खेलेका थिए ।
सन्दीपले पहिलो खेलमा ४ ओभरमा ५७ रन खर्चदै १ विकेट लिएका थिए ।

डेब्यु खेलमा उनले १ रन समेत जोडेका थिए । डेब्यु खेलमा उत्कृष्ट खेल्न नसकेपनि सन्दीपले दोस्रो खेलबाट आफूलाई प्रमाणित गरेका थिए ।
दोस्रो खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिए ।
त्यस्तै सन्दीपले तेस्रो खेलमा चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिएका थिए ।

चौथो खेलमा चार ओभर बलिङ गर्दै ३४ रन खर्चिएर २ विकेट लिएका सन्दीपले अन्तिम खेलमा वेष्ट इण्डिज ुबीु विरुद्ध चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिएका थिए ।
यो लिगको लागि सन्दीप छैटौं चरणमा छानिएका थिए ।

भारतम सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles