22.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Sunday, December 22, 2024
spot_img

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोट २०१९ : नेपाल पहिलो खेलमै हार्यो

काठमाडौं, असोज ४ ।

थाइल्यान्डमा खेल्ने लक्ष्य लिएको नेपाली यू–१६ महिला राष्ट्रिय टोलीले पहिलो खेलमै हार बेहोरेको छ।

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत बुधबार भएको खेलमा आयोजक नेपाल फिलिपिन्ससँग ४–० ले हारेको हो। पहिलो खेलमै हारेपछि नेपालका लागि अन्तिम चरणमा पुग्ने सम्भावना कमजोर पनि बनेको छ। हल्चोकस्थित एपीएफको मैदानमा भएको खेलमा नेपाली चेलीहरु फिलिपिन्सका खेलाडीसँग खेलभरि नै बलका लागि संघर्ष गरेका थिए।

फिलिपिन्सको जितमा टोली कप्तान मारिया लाजोले २ गोल गरिन्। मारियाले दुवै गोल पहिलो हाफमा गरेकी थिइन्। उनले ४२औं मिनेटमा र पहिलो हाफ सकिन लाग्दा गोल गर्दै नेपाललाई पछि पारेकी थिइन्। दोस्रो हाफमा पनि २ गोल नेपालले आत्मसात गर्न पुग्यो। जसमा सिमोनसले ७५औं मिनेटमा र मिकाइला भिलासिनले ८५औं मिनेटमा गोल गरे।

यसअघि बिहान भएको खेलमा म्यानमारले मलेसियालाई ३–० ले हराएको थियो। टोलीको जितमा म्याट नोइ खिनले ह्याट्रिक गरेकी थिइन्। समूह ‘ई’ का खेल नेपालले आयोजना गरिरहेको छ। यो समूहबाट दुई टोली अन्तिम चरणमा पुग्नेछन्। यसैले पनि नेपालले शुक्रबार हुने खेलमा म्यानमारलाई पराजित गर्नुपर्ने भएको छ। – नेपाल समाचारपत्र

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading