38.1 C
Mahendranagar
Sunday, April 28, 2024
spot_img

२०२१ काे टी-२० विश्वकप भारतले र २०२२ अस्ट्रेलियाले आयोजना गर्ने

महेन्द्रनगर, २४ साउन ।

भारतले सन् २०२१ को टी २० विश्वकप नै आयोजना गर्ने भएको छ । कोरोनाका कारण २०२० को विश्वकप स्थगित भएकोमा २०२१ को अष्ट्रेलियाले आयोजना गर्ने चाहना राखेको थियो ।

तर भारतले आफुहरु नै यसअघि तोकिए अनुसार नै विश्वकप गर्ने भन्दै ढिपी गरेका छन । जसका कारण अष्ट्रेलियाले २०२२ को विश्वकप आयोजना गर्ने भएको छ ।

https://sudurnews.cominternational/216

२०२१ र २०२२ को टी २० विश्वकप आयोजनाका लागि अष्ट्रेलिया र भारत क्रिकेट बोर्ड प्रमुखले आइसीसीसँग मिलेर गरेको छलफलमा यो निर्णय भएको हो । यसका साथै २०२१ मा हुने महिला एकदिवसिय विश्वकपपनि २०२२ मा सर्ने भएको छ ।

अब महिला विश्वकप २०२२ को फेब्रेवरी ६ बाट मार्च सात तारिखसम्म हुने भएको छ ।

अष्ट्रेलियाले २०२१ को विश्वकप आयोजना गर्न नपाउने भएपछि यो बर्षमा हुने भनिएको विश्वकपका लागि विक्रि भएका टिकटको मुल्य समर्थकलाई फिर्ता गर्नुपर्ने भएको छ ।

“The decisions the Board have taken today are in the best interests of the sport, our partners and importantly our fans. I’d like to thank our partners at the BCCI, Cricket Australia and Cricket New Zealand as well as the Australian and New Zealand governments for their continued support and commitment to a safe return to ICC events.”

ICC Acting Chairman Imran Khwaja

यसअघि क्रिकेट अष्ट्रेलियाले यदि २०२१ मा विश्वकप आयोजना भएमा अहिलेको टिकटबाट नै प्रतियोगिताका खेल हेर्न पाउने बताएको थियो ।

आधिकारिक सूचना (अँग्रेजीमा) हेर्न यहा क्लिक गर्नुहोस ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles