32.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन स्थगित गर्न उच्च अदालतको आदेश

धनगढी वैशाख २०

वैशाख २२ गते हुने भनिएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचन स्थगित गर्न उच्च अदालत दिपायले आदेश दिएको छ । चुनावका लागि गैर व्यवसायीलाई सदस्य बनाएको भन्दै उच्च अदालत दिपायलमा दुई वटा रिट परेपछि अदालतले तत्कालका लागि निर्वाचन रोक्न आदेश दिएको हो

आज भएको वहसमा उच्च अदालतका मुख्य न्यायधीश यज्ञप्रसाद वस्याल र न्यायधिक शेखर चन्द्र अर्यालको संयुक्त ईजलासले चुनावी साधारण सभा नगर्न नगराउन अन्तरिक आदेश जारी गरेको हो । पर्सि हुने चुनावी साधारण सभा नरोकेमा कानुन विपरित दर्ता भएका व्यवसायीवाट राजश्व गुम्ने र अस्वच्छ प्रतिस्पर्धा हुने भएकोले उच्च अदालतले अर्को आदेश नआए सम्म चुनाव स्थगित गर्न आदेश दिएको हो ।

कैलाली उद्योग वाणिज्य संघमा रहेका नक्कली सदस्यता खारेजीको माग गर्दै उच्च अदालत दिपायलमा दुई वटा मुद्धा परेको थियो । केही समय अगाडी व्यवसायी सन्जयकुमार चौधरी, रविन पन्त र हिजो व्यवसायी जयराज न्यौपानेले पनि रिट हालेका थिए । दुवै रिटको आज वहस गर्दा उच्च अदालतले निर्वाचन रोक्न आदेश दिएको हो ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading