32.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

सूचना लुकाएको भन्दै कैलाली उद्योग वाणिज्य संघ विरुद्ध दोस्रो पटक राष्ट्रिय सुचना आयोगमा उजुरी

धनगढी, २० बैसाख।

सूचना आयोगको निर्देशनपछि पनि कैलाली उद्योग वाणिज्य संघले दिनेश एफएमले मागेको सूचना दिन अटेरी गरेको छ । सुदुरपश्चिम महोत्सवको आयव्यय र सिसि क्यामेराको हिसाव दिन नमानेपछि दिनेश एफएमले सूचना आयोगमा उजुरी हालेको थियो । त्यसपछि सूचना आयोगले तत्काल एफएमले माग गरेको सूचना उपलब्ध गराउन पत्राचार गर्दै दिएको निर्देशनको कैलाली उद्योग बाणीज्य संघले अबज्ञा गरेको हो ।

दिनेश एफएमले पुष २४ गते निवेदन दर्ता गराउदै सूचना मागेको थियो । तर चार महिना हुन लाग्दा समेत सुचना दिन उद्योग बाणीज्य संघले नमानेको हो। वर्तमान कार्य समितिको कार्यकाल सकिन लाग्दा समेत माग भएको सूचना नदिई सार्वजनिक गर्नुपर्ने हिसाव किताव लुकाउनुले ठुलै आर्थिक चलखेल भएको आशंका हुन थालेको छ ।
दिनेश एफएमले कैलाली उद्योग वाणिज्य संघसँग जिल्ला प्रहरी कार्यालय संगको सहकार्यमा १७ लाख भन्दा बढीको लगानीमा जडान गरेको सिसि क्यामेराको हर हिसाव, सम्झौता र २०७१ साल यताको सुदूरपश्चिम महोत्सवको हरहिसाव समाचार प्रयोजनका लागि माग गरेको थियो ।

तर संघले वेवास्ता गरेपछि सुचना आयोगमा जनताको सूसूचीत पाउने अधिकारको कैलाली उद्योग वाणिज्य संघले हनन गरेको र रेडियोलाई सो सूचना नपाए वाफत आर्थिक नोक्सानी समेत भएको भन्दै क्षतीपुर्ती सहितको उजुरी हालिएको थियो । उजुरी पछि पनि सुचना नदिईएपछि फेरी क्षतिपुर्ति र कारवाहीको माग गर्दै अर्को पटक आज उजुरी हालिएको छ ।
सूचनाको हक सम्वन्धी ऐनमा तोकिएका समयमा सूचना उपलब्ध नगराईएमा आर्थिक दण्ड सहित कैदको समेत व्यवस्था गरिएकोले अव पनि सुचना दिन अटेरी गरकोले दण्ड सजाय सहितको उजुरी सुचना आयोगमा हालिएको दिनेश एफएम व्यवस्थापनले जनाएको छ ।

-दिनेश खवर

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading