32.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

BitCoin (बिटक्वाइन) को कारोवारमा प्रतिवन्ध

काठमाडौंँ, जेठ ८ गते ।

‘बीट क्वाइन’ कारोवारमा संलग्न रहेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक चौतारा घर भई हाल राजधानीको माकलवारी बस्ने ४४ वर्षीय दिलिपबज्रसिंह लामालाई सोमवार पक्राउ गरेको छ ।

नेपाल सरकारले विट क्वाइनको कारोवारमा प्रतिवन्ध लगाएको छ ।

अभियुक्त लामाले अमेरिका र क्यानडाबाट नयाँ ब्राण्डेड कार १४ दिनभित्र झिकाइ दिने नाममा अनलाइनबाट नगद सङ्कलन गर्दै आएका थिए ।

विट क्वायनको कारोवार गर्न लामाले कारको अनलाइन ब्यापार देखाइ सर्वसाधारणलाई ठगी गरेको आरोप प्रहरीको छ ।

‘फिडालिटि अटो स्टोरेज एण्ड लजिष्टिक’ नामको वेभ साइट खोली अभियुक्त लामाले सस्तो मूल्यमा नयाँ कार झिकाई दिने वहाना बनाई अनलाइन बुकिङबाट ३० लाख रुपियाँ ठगी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले दिएको हो ।

यसअघि बैदेशीक रोजगारीको सिलसिलामा मलेसिया बस्दा लामाले बिट क्वाइन कारोवारलाई मुख्य पेशाको रुपमा अपनाउँदै आएका थिए ।

उनले बिट क्वाइन कारोवारका लागि नै यस किसिमको नक्कली वेभसाइट खोली अनलाइन ठगी गर्ने गरेको आरोप ब्यूरो प्रहरीको छ ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading