34.4 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

स्वघोषित भोलेबाबाले महिला र किशोरीलाई यौन दुव्र्यवहार गर्ने खुलासा

 धनगढी

कैलालीको घोडाघोडी नगरपालिका–५ मा स्वघोषित भोले बाबा रामवहादुर चौधरीले महिला र किशोरीहरुलाई यौन दुव्र्यवहार गर्ने गरेको आरोप लागेको छ ।

आफुलाई मन परेका किशोरी र महिलालाई रोग निको पार्ने भन्दै १५ दिनसम्म आफैसँग राख्ने गरेको स्थानीयले वताएका छन् ।

आफ्नोमा आउन नमान्ने किशोरी र महिलालाई सार्वजनिक रुपमा गाली वेईज्जत गर्दै कुटपिट गरेर बोक्सीको आरोप लगाउने रामवहादुर चौधरीले आफ्नो त्यो काम गर्नका लागि आधा दर्जन पार्वती वनाएको पनि खुलेको छ ।

घोडाघोडी नगरपालिका वडा नम्वर ५ मा स्वघोष्ति भोलेबाबा अर्थात रामवहादुर चौधरीले धर्मकर्मको नाममा किशोरी र महिलाहरुलाई यौन दुव्र्यवहार गर्ने गरेको खुलेको हो ।

चटपट र वदाम वेच्न छोडेर डेढ महिनादेखि स्वघोषित बाबा वनेका उनले गाउँ वरपर र आसपासका महिला र किशोरीहरुलाई रोग निको पार्ने वहानामा लामो समय आफैसँग राखेर पार्वती घोषणा गर्दै राख्ने गरेको खुलेको हो ।

आफुलाई मन परेका किशोरी र महिलाहरुलाई वोलाएर सँगै राख्ने चौधरीले कसैले अटेरी गरेमा वा नआएमा बोक्सीको आरोप लगाउँदै सार्वजनिक रुपमा कुटपिट गर्दै गाली गलैच र दुव्र्यवहार गर्ने गरेको स्थानीय पिडितहरु नै वताउँछन ।

आफु भोले बाबा भएको वताउने रामवहादुरले आफ्नै घरमा आफुलाई भगवानको शक्ती आएको भन्दै थारु समुदायमा आफ्नो प्रभाव जमाउदै महिला र किशोरीमाथि यौन दुव्र्यवहार गर्दै आएको स्थानीयको भनाई छ ।

विभिन्न समस्या लिएर वा आफै आउनेमा महिला र किशोरीहरु नै अधिकांश छन । सुरुमा त्यहाँ पुग्दा चामल खुवाएर कुटपिट र गलाी गर्दै सार्वजनिक रुपमा वेईज्जत गर्दै शरिरमा अर्काको आत्मा पसेको भन्दै कुटपिट गरिन्थ्यो । किशोरी र महिलाहरुको भनाईमा यसरी कुटपिट हुँदा उनीहरु वेहोस जस्तै हुने भएकोले रामवहादुरले दिने चामलमा कुनै नसालु र लठ्याउने औषधी मिलाएर खुवाईने आशंका पनि हुन थालेको छ । राधालाई कुट्ने किस्मतीले आफुले कुटेको विषयमा थाहा नपाएको भन्दा नै यो कुराको पुष्टि हुन्छ ।

भगवानका पोष्टर, नक्कली सर्प सहितका सामाग्री राख्ने स्थान वनाएर वरिपरि गोबरले पोतेको स्थानमा जो कोहीलाई सहजै जान निषेध गरिएको थियो ।

भोले बाबाले मन पराएका महिला र किशोरीहरुलाई उनको घरसम्म पुराउने र त्यसको चाजोपाँचो मिलाउने काम सुख्खडीकी स्मारिका चौधरीले गर्ने गरेको तथ्य पनि खुलेको छ ।

रामप्रसाद सहित किस्मती र स्मारिकालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles