22.9 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

शिक्षक स्टाफले क्याम्पसको चाबी सञ्चालक समितिलाई बुझाए

बैतडी,१७ चैत-
१८ महिनादेखि तलबभत्ता नपाएको भन्दै बैतडीको मेलौली नगरपालिकामा रहेको मणिलेक बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक स्टाफ र कर्मचारीहरुले क्याम्पसको चाबी शुक्रवार सञ्चालक समितिलाई बुझाएका छन् ।

क्याम्पसमा कार्यरत शिक्षक स्टाफ र कर्मचारीहरुले गएको १८ महिनादेखि तलबभत्ता नपाएको भन्दै चाबी सञ्चालक समितिलाई बुझाएका हुन् ।

लामो समयदेखि अध्यापन गरिरहेका शिक्षक र काम गरिरहेका कर्मचारीहरुले तलब नपाएकाले अब उप्रान्त काम नगर्ने भन्दै चाबी सञ्चालक समितिलाई बुझाएको क्याम्पस प्रमुख भवानीसिंह नायकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “भोको पेटले काम गर्न नसक्ने सबै स्टाफहरुले बताएपछि आफूले सञ्चालक समितिको बैठकमै चाबी बुझाएको हो”, यता सञ्चालक समितिले भने विविध कारणले समयमा तलबभत्ता दिन नसकेको जनाएको छ ।

विद्यार्थीको संख्या घट्दै जानु र क्याम्पसको खर्च बढ्दै गर्नाले समयमै तलब दिन नसकिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवसिंह भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ आफूहरुले शिक्षक र कर्मचारीको तलब खुवाउनका लागि प्रयास गरिरहेका छौ” ।
२०६५ सालमा स्थापना भएको क्याम्पसमा शिक्षा,विज्ञान र व्यवस्थापन संकायमा स्नातक तह सम्म पढाई हुने गर्दछ ।

क्याम्पसका शिक्षक तथा कर्मचारीहरुले काम गर्न छोडेपछि क्याम्पसमा अध्ययनरत १५० विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ । क्याम्पसका देखिएको समस्या समाधानका लागि सञ्चालक समितिले पहल गर्नुपर्ने मेलौली नगरपालिकाका नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो “नगरपालिकाले क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि ५० लाख विनियोजन गरिसकेको र त्यसैबाट अन्य कुराहरुको व्यवस्थापन गर्ने सहमति भएको छ” ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading