१३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले वास्तविक अपराधी लुकाउन खोजेको भन्दै आज पनि महेन्द्रनगरमा बिहानैदेखि प्रदर्शन भईरहेको छ ।
मह्न्द्रनगरवासी बिहानैदेखी बजार व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा माग गरेका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन आज पनि प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
प्रहरीले मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै उनीहरुले मंगलवार पनि दिनभरी प्रदर्शन गरेका थिए ।