27 C
Mahendranagar
Sunday, May 5, 2024
spot_img

लागूऔषधसहित ४ जना समातिए

लहान,भाद्र ६, २०७५ ।

प्रतिबन्धित लागूऔषधसहित प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मङ्गलबार साँझ चार जनालाई पक्राउ गरेको छ ।

डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव चौधरीलाई पक्राउ गरिएको हो ।

यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–३ कडोरवोना चोकबाट प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–९ का २२ वर्षीय नवराज खत्रीलाई पक्राउ गरेको छ ।

खत्रीको साथबाट लागूऔषध ५२ एम्पुल फेनारगन, ५३ एम्पुल लुपिजेसिक, ५२ एम्पुल डाइजेपाम र एक थान सिरिन्ज बरामद

गरेको प्रहरीले जनाएको छ ।

सोही ठाउँका निरञ्जन कार्की र नारायण चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles