11 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

बलात्कारका आरोपितलाई ५ बर्ष जेल सजाय

पर्वत, आश्विन १२, २०७५  ।

घरमा सुत्केरी श्रीमती छाडेर परस्त्रीसँग यौन क्रियाकलापमा संलग्न एक युवालाई पर्वत जिल्ला अदालतले ५ बर्ष कैद र ५० हजार क्षतिपुर्तिको सजाय सुनाएको छ ।

पर्वतको कुश्मा नगरपालिका ८ चुवाका ३५ बर्षिय दुर्गाबहादुर क्षेत्रीलाई पर्वत अदालतले उक्त सजाय सुनाएको हो ।

क्षेत्रीले गत जेठ १८ गते एक अबिबाहित युवतीलाई जर्बजस्ती बलात्कार गरेको आरोपमा पर्वत प्रहरीले जेठ १९ गते पक्राउ गरेको थियो ।

पर्वत जिल्ला अदालतका न्यायधिश सुर्यबहादुर थापाको असोज ९ गतेको इजलासले आरोपित क्षेत्रीलाई मुलुकी ऐन जबर्जस्ती करणी दफा १ विपरित कसुर ठहर गरी सोही ऐनको दफा ३ को ४ नं. बमोजिम उनलाई सजाय सुनाएको हो ।

उक्त दफा बमोजिम ५ बर्ष कैद सजाय र दफा १० बमोजिम क्षतिपुर्ति बापत ५० हजार रुपैँया पिडितलाई बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading