39.3 C
Mahendranagar
Friday, May 3, 2024
spot_img

कालिकोटमा युवतीमाथि सामूहिक बलात्कार, ८ जनालाई प्रहरीले समात्यो

कालिकोट , आश्विन १२, २०७५ ।

१९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ भने चार जना अझै फ्रहार अवस्थामा छन् ।

किसोरीलाई असोज ९ गते साँझ १२ जनाले समूहिक बलात्कार गरेको आरोपमा खाँडाचक्र नपा–१० का २० वर्षीय पर्व विक सोही ठाउँका १८ वर्षीय गोर्ख विक, १८ वर्षीय सर्जन विक सोही नपा–९ का २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय डिले परियार, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विकलार्इृ समोबार राति प्रहरीले पक्रउ गरेको हो ।

किशोरीमाथि बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

यही असोज ९ गते बेलुका धिमाल देवताको पैठको मेला हरेर घर फर्किने क्रममा उनीमाथि १२ जनाले सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि स्थानीय आठ जनालाई पक्राउगरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको कालिकोटका प्रहरी प्रमुख डिएस्पी विनोद शर्माले वताएका छन् ।

पीडितले किटानी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी शर्माले जानकारी गराए ।

पीडितले जाहेरी दिएपछि जिल्ला प्रहरी ईन्सपेक्टर निरोज चौलागाईको नेतृत्वमा घटनास्थल पुगेको टोलिले आरोपीहरुलाई घरवाटै उनीहरुलाई पक्राउ गरिएको हो ।

शर्माले सामूहिक बलात्कारका क्रममा युवती बेहोस भएपछि मरी भनेर फरार भएका अभियुक्तलाई नातागोताको घर र पाखाकै लेकाली क्षेत्रबाट पक्राउ गरिएको थियो ।

उनका अनुसार पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पीडित किशारीको जिल्ला अस्पताल कालिकोटमा गरिएको छ ।

पीडितका अनुसार अनुसार धिमाल देवताको पैठ हेरेर घर फर्किँदै गर्दा बाटोमा पर्व लगायतका युवाहरु मदिरा पिएर बसिरहेका पीडिकहरुले समातेर ३० मिटर तल खोलामा लगी पालैपालो बलात्कार गरेका थिए ।

सामूहिक बलात्कारपछि उनी बेहोस भएकीपीडितको आफन्तहरुले थाहा पाएर उद्दार गरेका थिए ।

सामूहिक बलात्कारको कसुर ठहर भएमा मूलुकी अपराध सहिंता ०७४ परिछेद १८ दफा २१९ अनुसार १५ वर्ष कैद सजाए हुने व्यवस्था गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles