11.3 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Tuesday, January 7, 2025
spot_img

छाउगोठ भत्काउन गएका प्रहरीमाथि हातपात, महिला हिरासतमा

अछाम, माघ १९ ।

अछाममा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरीमाथि कुटपिट भएको छ । बान्नीगढी जयगढ गाउँपालिका ३ धारासैनमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी चौकी जयगढमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैलामाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

धारासैनकी अन्दाजी ५४ वर्षीया धना साउदले प्रहरी हवल्दार कैलामाथि भैंसी बाँध्ने किला प्रहार गरेको प्रहरीले जनाएको छ । गोठ भत्काउने पूर्वजानकारी नभएको र एक्‍कासी आएर गोठ भत्काउन थालेपछि साउदले कैलामाथि भैंसी बाँध्ने किला प्रहार गरेको स्थानीयले बताए ।

“महिलालाई नियन्त्रणमा लिएका छौं, छाउगोठ भत्काउने अभियानमा अवरोध गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइनेछ।”

प्रहरी नायब उपरीक्षक दीपक भारती

हवल्दार कैलाको मेरुदण्डमा निलडाम हुनेगरी चोट लागेको बताइएको छ। साउदलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए । उनले भने, “महिलालाई नियन्त्रणमा लिएका छौं, छाउगोठ भत्काउने अभियानमा अवरोध गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइनेछ।”

अछाम जिल्ला का समाचार

प्रहरीले पुस ९ देखि माघ १७ गतेसम्म ४ हजार ५ सय ८७ छाउगोठ भत्काएको छ। जिल्लामा ३२ हजार भन्दा बढी छाउ गोठ रहेका छन्।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading