19 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, February 22, 2025
spot_img

१ विकेटको रु ८८४८ रंगशालाकोलाई – सन्दिप लामिछाने: नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक लिग

कंचनपुर, माघ १९ ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सन्दिप लामिछानेले आर्थिक सहयोग गर्ने घोषणा गरकेा छन् ।

माघ २२ देखि २९ गतेसम्म काठमाडौंमा हुने अमेरिका, ओमान सम्मिलित त्रिकोणात्मक लिगमा आफूले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका हुन्।

आइतबार लामिछानेले ट्वीट गर्दै उक्त खेलमा आफूले लिने प्रत्येक विकेट बराबर उक्त रकम रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका हुन्।

विदेशमा गएर ट्वान्टी–२० लिग खेल्ने नेपालका पहिलो खेलाडी समेत रहेका लामिछानेले इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिगबास, क्यारेबियन लिग लगायतका विश्वका चर्चित लिगहरु खेलिसकेका छन्।

अस्ट्रेलियाको मेलवर्न स्टार्सबाट बिग बास खेलिरहेका सन्दीप ५ दिनअघि मात्रै त्रिकोणात्मक लिग खेल्न उनी नेपाल आएका हुन्।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading