38.3 C
Mahendranagar
Sunday, April 28, 2024
spot_img

डोटीमा बस दुर्घटना; ३ जनाको मृत्यु, ३२ जना घाइते

डोटी, २८ साउन ।

डोटीको पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा थप ३२ जना घाइते भएका छन् ।

कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

डोटीमा बस दुर्घटना

दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

https://sudurnews.comlocal/7322

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles