32.1 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

क्वारेन्टिनमा करेन्ट लागेर महिलाको मृत्यु, कृष्णपुर नगरपालिकाको कार्यालयमा तोडफोड

कञ्चनपुर, २८ साउन।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कार्यालयमा स्थानयले तोडफोड गरेका छन्। मंगलबार क्वारेन्टिनमा करेन्ट लागेर महिलाको मृत्यु भएको घटनाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका स्थानीयले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन।

नगरपालिकाको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

तोडफोडबाट कार्यालयका झ्याल ढोकाका सिसा फुटेका छन्। उनीहरुले नगरपालिकाको जेसिभीको सिसा समेत फुटाएका छन्। नगरपालिकाको बैठक कक्षसहित आधा दर्जन बढी कोठाका सिसा फुटाइएका नगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीले बताए।

अहिले सशस्त्र प्रहरीले आन्दोलनकारीलाई कार्यालयबाट हटाएका छन्। कृष्णपुर नगरपालिका ६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी राधा ओडको मंगलबार साँझ करेन्ट लागेको मृत्यु भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles