32.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

अत्तरियाबाट धनगढी जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कैलाली, भदौ २२।

कैलालीको अत्तरियाबाट धनगढी तर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ मा रहेको अत्तरियाको विद्युत कार्यालय नजिक अत्तरिया–धनगढी सडक खण्डमा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ९९९८ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजेको समयमा आफै अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको हो।

मोटरसाइकल पल्टिदा चालक गम्भिर घाईते भएका थिए। उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी ल्याइएकोमा रातिनै १०ः२५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालकको नामथर अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ ।

Related Articles

Leave a Reply

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading