33 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

बझाङमा ९ किलो चरेशसहित एक जना पक्राउ

बझाङ, भदौ २२।

बझाङमा चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बुङगल नगरपालिका–२ रैसेल्लीका ४१ वर्षीय उज्जल जाग्री शुक्रवार चरेशसहित पक्राउ परेका हुन्।

जाग्रीलाई गिरौबाट बुङगल नगरपालिका–४ बिजगडा बजारतर्फ जाँदै गरेको अवस्थामा ९ किलो ४ सय ३९ ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरी निरिक्षक किशोर जोशीको कमाण्डमा ५ जनाको प्रहरी टोलीले चेक जाँच गर्दा चरेशसहित जाग्रीलाई नियन्त्रणमा लिएको जनाएको छ। – दिनेश खबर

Related Articles

Leave a Reply

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading