32.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

ट्याङकरका चालक र सह–चालकमाथि हरियार प्रहार – केटीको चक्करमा धनगढीमा ‘हतियारकाण्ड’, पाँच जना पक्राउ

कैलाली, भदौ २४।

कैलालीको धनगढीमा केटीको चक्करमा हतियार प्रहारसम्मकै घटना घटेको छ।

यो घटना हिजो मध्यरातिको हो। दुई केटाका एउटै प्रेमिका परेपछि केटाहरुबिच कुटाकुटदेखि कुनै सम्वन्ध नै नभएका ट्याङ्कर चालक र सह—चालकमाथि धारिलो हतियार प्रहारसम्मको घटना धनगढीमा घटेको विषय बाहिर आएको छ। त्रिनगर भन्सार नाकामा पार्किङ गरेर राखिएका ट्याङकरका चालक र सह–चालकमाथि हरियार प्रहार भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरिसकेको छ।

विवाद उत्पन्न गराउने भनिएका ट्याङकरका सह–चालक डोटीको जोरायल गाउँपालिका–१ का बिक्रम मल्ल, दिपायल–सिलगढी नगरपालिका–३ का अरुण बोगटी, धनगढी–२ का १६ वर्षीय पुस्कर धामी, इसान गुरुङ र सनम राई पक्राउ परेका छन्। एक जना भने अझै फरार छन्। मल्ल र बोगटीलाई हिजो राति नै र तीन जनालाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए।

यस घघटनाको बारेमा बिस्तारमा पढ्न दिनेश खबर को यो लिन्क हेर्नुहोस।

Related Articles

Leave a Reply

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading