24.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Wednesday, January 22, 2025
spot_img

झापाको दमकमा गौ हत्या गरेको आरोपमा ३ जना भुटानी शरणार्थी सहित ४ जना पक्राउ

झापा, भदौ २३।

झापाको दमकमा भएको गौहत्यामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन् ।

पक्राउ पर्नेमध्ये दमक नगरपालिका वडा नं. २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट रहेका छन् । उनी यसअघि पनि विभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भई कारबाहीमा परेका थिए ।

त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए३ –२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल पनि पक्राउ परेका छन् । उनी पनि यसअघि विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय झापाबाट जबरजस्ती करणी मुद्दा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपन्छीसम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता भई कारबाहीमा परेका थिए ।

त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए २–१२० बस्ने बस्ने ३२ वर्षीय विधान थापा पक्राउ परेका छन्। उनी पनि यसअघि विभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भई कारबाहीमा परेका थिए ।

त्यस्तै सोही घटनामा संलग्न भएको आरोपमा दमक नगरपालिका वडा नं. ४ बस्ने ४५ वर्षीया गीता श्रेष्ठ पनि पक्राउ परेकी छन् ।

भदौ १८ गते राति दमक नगरपालिका वडा नं. २ बस्ने लक्ष्मण बिष्टको वडा नं. १ स्थित पानीट्याङकी नजिक गोठमा बाँधिराखेको २ महिनाको गर्भिणी गाईलाई चोरी गरी गोठदेखि सय मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर उनीहरूले काटेका थिए ।

टाउकोमा बन्चरो प्रहार गरी मारेर खुट्टा, करङ तथा घाँटीको मासु काटी अन्य शरीरको भाग घटनास्थलमा छोडेका थिए । घटनापश्चात् फरार रहेका उनीहरूको खोजतलास गर्नेक्रममा मानिससहित विभिन्न सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।

उनले घटनामा प्रयोग भएको खुकुरी थान १, बन्चरो थान १ र मासु बोक्न प्रयोग गरेको झोला थान १ उनीहरूको कोठाबाट भदौ २१ गते बरामद भएको जानकारी दिए । उनीहरूमाथि पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा चलाउने जनाइएको छ ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading