20.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Monday, December 23, 2024
spot_img

भरतपुर–१९ को मतगणना सकियो, मेयरमा देवी ज्ञवाली, वडामा कांग्रेसले प्यानलै

श्रावण २१, २०७४- भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना सकिएको छ । मत परिणमा अनुसार एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले २ सय २१ मतले अग्रता कायम गरेका छन् । अब वडा नं २० को मत गन्न बाँकी छ । २० नम्बर वडा गत वैशाख ३१ गते भएको चुनावमा ३ हजार ३०३ मत खसेको थियो ।

२८ सय ६४ मत गणना भइसक्दा ज्ञवालीले ४१ हजार ९४६ र उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ७२५ मत प्राप्त गरेकी छन् । उनीहरुबीचको मतअन्तर २२१ मात्र छ ।

१९ वडामा नेपाली कांग्रेसले प्यानलै जितेको छ । वडाध्यक्षमा कांग्रेसका कर्णबहादुर गुरुङ विजयी भए। उनलले १ हजार ४७८ मत ल्याए । निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले १ हजार ९७ मत ल्याए ।

पुन: शुक्रबार भएको निर्वाचनमा सो वडामा दुई हजार ८७० मत खसेको थियो । यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । पहिलेभन्दा २७ मत कम खसेको हो ।

भरतपुर महानगरपालिका वडा नं १९ मा जारी मत गणनाको पछिल्लो परिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । २४ सय १० मत गणना भइसक्दा ज्ञवालीले ४१ हजार ७७४ र उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ५०३ मत प्राप्त गरेकी छन् । उनीहरुबीचको मतअन्तर २७१ मात्र रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपाका बद्री तिमिल्सिनाले ६ हजार ६२७ मत पाएका छन् । त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ४५ हजार ३९८, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार ४३४ र राप्रपाकी रिना गुरुङले ७ हजार १ मत प्राप्त गरेका छन् ।

पुन: शुक्रबार भएको निर्वाचनमा सो वडामा दुई हजार ८७० मत खसेको थियो । यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । पहिलेभन्दा २७ मत कम खसेको हो ।

 

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading