38.3 C
Mahendranagar
Sunday, April 28, 2024
spot_img

गत चौबीस घण्टामा कोरोना सङ्क्रमित आठ जनाको मृत्यु, संक्रमित को संख्या बढ्दै

काठमाडौं, साउन २८ । 

कोरोना भाइरसबाट पछिल्लो चौबीस घण्टामा आठ जनाको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्युको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका दुई, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपीलवस्तु र बाराका एक एक जना गरी आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु दर्ता गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १ का ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा र जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का ३८ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । आईसीयूमा राखेर उपचार गरिरहँदा दुबैजनाको अबेर राति निधन भएको हो ।

काठमाडौं महानगरपालिका वडा नं १२ टेकु निबासी ७८ वर्षीया महिलाको आज कोरोना सङ्क्रमणबाट निधन भएको छ । उहाँ किस्ट अस्पतालमा उपचाररत रहनुभएको मन्त्रालयले जनाएको छ । धादिङको निलकण्ठ नगरपालिका वडा नं १४ निबासी ३२ वर्षीय पुरुषको हयाम्स अस्पतालमा उपचारको क्रममा २७ गते निधन भएको छ ।

CoV19

मन्त्रालयका अनुसार सप्तरीको डाक्रेश्वरी नगरपालिका घर भई राजबिराज बस्दै आउनुभएका ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । मोरङको बूढीगंगा नगरपालिका वडा नं २ स्थायी घर भएका ५५ वर्षीय पुरुषको समेत कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहाँको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा निधन भएको हो ।

कपीलवस्तु जिल्लाको कपीलवस्तु नगरपालिका वडा नं २ तौलिहवा निबासी ४२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

मन्त्रालयले काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचाररत कलैया उपमहानगरपालिका निबासी ७५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट आज निधन भएको जनाएको छ । – गोरखापत्र अनलाइन

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles