40.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

दैनिक कोरोना अपडेट: सङ्क्रमित सङ्ख्या २४,४३२ पुग्याे, बुधबार नया ४८४ बिरामी

काठमाडौँ, साउन २८।

कोरोना भाइरसका कारणले ४८४ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार ४३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हाे । पछिल्लो २४ घण्टामा दश हजार ४८१ पीसीआर परीक्षण गरिएकाे थियाे ।

नेपालमा सक्रिय सङ्क्रमित सातहजार ६१३ रहेका छन् । नेपालमा चौबीस घण्टामा ६४ कोराेना मुक्त भएका छन् । योसँगै कुल कोरोना मुक्त हुनेको सङ्ख्या १६ हजार ७२८ पुगेको छ । कोरोना मुक्त प्रतिशत ६८.४ रहेकाे छ ।

https://sudurnews.comnational/7271

पाँचसय भन्दा बढी सङ्क्रमित भएर उपचारमा रहेका जिल्लाहरु चारवटा रहेका छन् । काठमाडौं, पर्सा, रौतहट र महोत्तरी रहेका छन् ।
त्यसैगरी, शुन्य सङ्क्रमित हुने छवटा जिल्लाहरु रहेका छन् । संखुवासभा, सोलुखम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा आठजना सङ्क्रमितको मृत्युसँगै कुल मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ । – गोरखापत्र अनलाइन

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles