30.1 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

नवलपरासीमा मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

नवलपरासी, भदौ २४।

पश्चिम् नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सुनवल नगरपालिका १२ र रामग्राम नगरपालिका वडा नम्बर ११को सिमानामा गएराती करिब ११ बजेको समयमा मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको नालिको पानीमा पल्टिँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सुनवल ९ स्वाठी बस्ने बर्ष २६ को रामनाथ कँवर रहेको प्रहरीले जनाएको छ ।

शरीरका विभिन्न भागमा चोट लागि गम्भीर अवस्थामा रहेका उनलाई जिल्ला अस्पताल परासी पठाईएकोमा गएराती ११:५० बजे नै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Leave a Reply

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading