महेन्द्रनगर, २६ साउन।
कन्चनपूरका दूई यूवाहरू सूनील गीरी र अदित पान्डेयले आफ्नो लकडाउनको समयलाई सही सदूपयोग गर्दै सूदूरपशिम प्रदेश सरकारको लागी कोरोना COVID-१९ ट्र्याकर मोबाईल एप्लिकेशन बनाएर सहयोग गरेका छन्।

उनिहरूले यो एप्लिकेशन बिकास मन्त्रालय कैलालीलाई बूझाऐका छन। सम्पूर्ण जनतालाई घरमा बसी प्रतेक दिन आफ्नो लक्षण तथा र सूदूरपश्चिम प्रदेशको कोभिड १९ अपडेट थाहा पाउन सहयोग मिल्ने छ।
COVID-१९ ट्र्याकर एप्लिकेशन का बिशेषताहरु
- दैनिक संक्रमितको संख्या हेर्न मिल्ने
- अस्पताल तथा स्वास्थ्य संस्थाको संपर्क नंबर
- सम्पूर्ण संक्रमित तथा जाँच गरिएको तथ्यांक
- कोरोना बिरामीका लक्षण हरु
- रिपोर्ट गर्ने सुबिधा,
आफ्नो एन्ड्रोइड फोनको प्ले स्टोरमा गएर Sudurpashchim Covid19 Tracker सर्च गर्नुभयो भने तपाईले निम्न प्रकारको एप्लिकेशन पाउनुहुनेछ।


महेन्द्रनगर कञ्चनपुरका २० बर्षीय सुनील अन्य युवाहरु भन्दा फरक सोच राख्दै समाजको लागी केही गरौ भन्ने सोचका युवा हून ।
प्रदेश सरकारले सुनील र अदित पाण्डेयलाई प्रशंसापत्र प्रदान गरेर सम्माननीत गरको छ ।